यस्तो छ बीपी प्रतिष्ठानको समस्या छानवीन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनको पाँच बुँदे निस्कर्ष

काठमाडौँ, २६ कात्तिक ।  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति देउवालाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा उपकुलपति शिक्षाध्यक्ष अस्पताल निर्देशक लगायतले पदीय दायित्व पुरा नगरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको छ । यस्तै पदाधिकारीहरुले अख्तियारको दुरुपयोग गरेको ठहर गर्दै राज्यको स्थापित निकायले छानवीन गरी दोषी ठहर भए कानून बमोजिम कारवाही गर्न भनेको छ ।

अरु के के सुझाव दियो ?

हेरौँ प्रतिवेदनले समेटेकेको पाँच निष्कर्ष

१. उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकले पदअनुसार दायित्व पूरा नगरेकाले उपदफा (३) बमोजिम कारबाही गर्न सञ्चालक परिषद्समक्ष सिफारिस गर्ने।

२. उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र राजीनामा स्वीकृत भइसकेका रजिस्ट्रारले समेत अख्तियारको दुरुपयोग गरेको, आचरणविपरीत काम गरेको, आर्थिक अनियमिता गरेको विषयमा राज्यको स्थापित निकायले छानबिन गर्ने र दोषी ठहर भएरमा कानूनबमोजिम कारबाही गर्ने।

३. राजनैतिक भागबन्डा र अपारदर्शी चलखेलबाट नभई नियुक्ति मापदण्ड २०७३ अनुसार शैक्षिक योग्यता पुगेको,उच्च व्यवस्थापकीय र समाजमा प्रतिष्ठित व्यक्तिलाई वस्तुनिष्ठ छनोट जिम्मेवारी पदमा पदाधिकारी नियुक्त गर्न सिफारिस गर्ने।

४. शिक्षक र कर्मचारीलाई प्रतिष्ठानप्रति जिम्मेवार बनाई अनुशासित र जिम्मेवार ढंगबाट काम गर्न प्रोत्साहन गर्ने र गैरजिम्मेवार कर्मचारीलाई सजाय हुने व्यवस्था गर्ने।

५. प्रतिष्ठानका विद्यमान बेथितिहरु र समस्या समधानका लागि प्रधानमन्त्री कार्यालयले चयन गरेको बैकुण्ठ अर्यालको समितिले पेश गरेको सुधारको सुझाव कार्यान्वयन गर्ने।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *