कोभिड अति प्रभावितलाई १० हजार नगद हस्तान्तरण गर्दै सरकार, लिन चाहनेसंग निवेदन मागियो

काठमाडौँ, २५ कात्तिक । सरकारले कोभिड अति प्रभावित करीव ५ लाख विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद उपलव्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

अर्थ मन्त्रालयले विहीबार सूचना जारी गर्दै नगद अनुदान लिन चाहने परिवारले १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले अनुदान कस्तो परिवारले पाउने र कस्तो परिवारले नपाउने भन्ने समेत उल्लेख गरेको छ ।

कस्ता परिवारले पाउँछन् १० हजार अनुदान ?

  • विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार,
  • खुल्ला सडक , फुटपाथ वा चौरमा खर्पन नागलो, डोको आदिनमा सामान बेच्ने अति विपन्न व्यवसायी ।
  • दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया ।
  • कोभिड १९ संक्रमणका कारणबाट एकाघर परिवारको आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक अडचन झेल्नु परेका परिवार तथा अभिभावक गुमाएका असहाय नावालकलाइ स्याहार गर्ने परिवार ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *