स्वास्थ्य मन्त्रीले भारतीय राजदूतलाई भने, ‘५० लाख खोप गरीद गर्दैछौं सहजीकरण गरिदिनुहोला’

काठमाडौँ, १५ कात्तिक । सरकारले भारतबाट थप ५० लाख डोज खोप खरीद गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले भारतीय खोप निर्माता कम्पनीसंग खोप खरीदको प्रक्रिया अघि बढाएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूलाई भेटन आएका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासंग खोप खरीद कार्यमा आवश्यक समन्वय गर्न समेत अनुरोध गरेका छन् । जवाफमा राजदूतले आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने बताएका थिए ।

मन्त्री खतिवडाले राजदूत क्वात्रालाई अरु के भने ?
मन्त्री खतिवडाले राजदूत क्वात्रासंगको भेटमा आपसी हित र द्धीपक्षीय सम्वन्धका बारेमा खुलेर चर्चा गरेका थिए । उनले कोभिड १९ महामारीका बेला भारत सरकारका तर्फबाट खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलव्ध गराई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

उनले दुई देशले प्रदान गरेको कोभिड १९ विरुद्धको खोपलाई आपसी मान्यता दिने भारत सरकारको प्रस्ताव प्रक्रियामा रहेको बताए । ‘तपाईँहरुको तर्फबाट आएको सो प्रस्ताव परराष्ट्र मन्त्रालयको सुझाव अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति माग गरेको र त्यहाँबाट सहमति प्राप्त हुनासाथ आवश्यक प्रक्रिया अघि बढ्ने छ,’ उनले राजदूत क्वात्रालाई भने ।

‘डेढ – दुई सय डायलासिस पाए हुन्थ्यो’
भेटमा मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामीहरु दिनानुदिन बढ्दै गई रहेको भन्दै थप डाइलाइसीस मेसिनको आवश्यकता रहेको बताएा थिए । उनले १५० देखि २०० वटा सम्म डायलासिस मेसिन उपलब्ध गराई दिनु समेत अनुरोध गरेका थिए ।

‘एम्बुलेन्स सहयोग गर्दा नयाँ निर्देशिका ख्याल गर्नुहोला’
यस्तै मन्त्री खतिवडाले राजदूत क्वात्रासंग भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै प्रशंसा गरेका थिए ।

उनले भने, ‘हामीले हालै एम्बुलेन्स सम्बन्धि नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरेका छौं । तसर्थ अबको एम्बुलेन्स सहायता प्राप्त हुँदा उक्त निर्देशिका बमोजिम हुनुपर्ने भएकोले मन्त्रालयसंगको सहकार्यमा उपलब्ध गराउनु हुन समेत अनुरोध छ ।’

पछिल्लो निर्देशिकामा नयाँ एम्बुलेन्स क र ख बर्गका मात्रै लिन पाइने भन्ने छ । भारतले बर्षेनी उपलव्ध गराउने ठूलो संख्याका एम्बुलेन्सहरु ग वर्गका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *