स्टार अस्पतालले सञ्चालनमा ल्यायो अत्याधुनिक ‘जीआई सेन्टर’

ललितपुर, १५ कात्तिक । सानेपास्थित स्टार हस्पिटलले अत्याधुनिक ग्यास्ट्रोइन्टेरोलोजी (जीआई) सेन्टर’ सञ्चालनमा आएको छ । एउटै छानामुनी पेट सम्वन्धी सबै किसिमको सेवा दिने योजनाका साथ स्टारले जीआई सेन्टर सञ्चालनमा ल्याएको हो ।

सोमबार अस्पतालका अध्यक्ष किशोर महर्जनले सो सेन्टरको उद्घाटन गरेका छन् ।

अत्याधुनिक उपकरण र टीमसहितको जीआई सेन्टरको नेतृत्व बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा दिपेशलाल गुरुवाचार्यले गर्ने बताइएको छ ।

स्टारले यसअघि नै बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिष्ट प्राडा आईएल आचार्यको नेतृत्वमा जीआई सेन्टर सञ्चालन गर्ने योजना बनाएको थियो । तर उनको केही महिना अघि कोभिडका कारण निधन भएको थियो ।

सोमबार आयोजित कार्यक्रममा अस्पतालका प्रवन्ध निर्देशक डा.  शैल रुपाखेतीले प्राडा आईएल आचार्यको सपना साकार बनाउने गरी जीआई सेन्टर सञ्चालनमा ल्याइएको बताए । उनले भने,’ डा आचार्यले स्टार अस्पतालमा विशिष्ठिकृत ग्यास्ट्रो सेन्टर बनाउने कल्पना गर्नु भएको थियो । उहाँलाई हामीले केही समय अघि गुमाउन पुग्यौँ । तर हामी उहाँको कल्पनालाई साकार बनाउन गईरहेका छौँ । स्टारमा नेपालको ठूलो ग्याँस्ट्रो सेन्टर जहाँ सबै सुविधा एकै ठाउँबाट उपलब्ध हुने गरी सेवा सञ्चालनमा ल्याएका छौं ।’

उनले सेन्टरलाई देशकै एक उत्कृष्ट सेन्टरको रुप विकास गर्ने आफुहरुको उद्देश्य रहेको जानकारी दिए ।

सो सेन्टरमा वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन प्राडा सुनिलकुमार शर्मा ढकाल, वरिष्ठ ग्याष्ट्रोइन्टेस्टाइनल एण्ड जनरल सर्जन डा प्रनिल राई, कोलोरेक्टल सर्जन डा सत्यदिप भट्टचार्य, डा सुनिल श्रेष्ठलगायतको टीम छ ।

सेन्टरमा विश्वमा भर्खर लञ्ज भएका ओलम्पस, पेन्टाक्स कम्पनिका अत्याधुनिक उपकरणहरु जडान गरिएको बताइएको छ । उक्त सेन्टर अस्पतालको पाँचौ तल्लामा रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *