अहिलेसम्म कोरोना छिर्न नदिएको देश टोंङ्गामा भेटियो पहिलो संक्रमित

एजेन्सी । प्रशान्त महासागरको टापुमा रहेको देश टोंङ्गामा कोरोना भाइरसको संक्रमण सुरु भएको करीब अवधिमा पहिलो संक्रमित भेटिएका छन् । गत शुक्रबार पहिलो संक्रमित पहिचान भएपछि टोंङ्गाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई तिब्रता दिने भएको छ ।

पूर्ण खोप लगाई न्युजिल्याण्डबाट स्वदेश फर्किएका एक नागरिकलाई परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । संक्रमणको पहिलो केस भेटिएपछि टोंगाका प्रधानमन्त्री पोहिभाले टोंङ्गाको मुख्य क्षेत्र टोंङ्गाटापुमा आगामी साताबाट लकडाउन हुनसक्ने भन्दै चेतावनी दिएका छन् ।

यता स्वास्थ्य मन्त्रालयका कार्यकारी प्रमुख डा सिले अकाउवालाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विमानस्थलका कर्मचारीहरुलाई उच्च सतकर्तामा राख्दै बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्न र थप फैलन नदिन आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

न्युजिल्याण्डको उत्तर पूर्वमा रहेको टापुको देश टोंङ्गामा १ लाख जनसंख्या रहेको छ । कोरोना संक्रमण नभएको अन्तिम देशमध्येमा टोंङ्गा रहको थियो । न्युयोर्क टाइम्सका अनुसार अहिले टोंङ्गाका ३२ प्रतिशत जनताले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो खोप लगाउनेको प्रतिशत ४९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *