माल्दिभ्सले उपहारमा दिने घोषणा गरेको २ लाख डोज एस्ट्राजेनेका खोप भोलि आईपुग्ने

काठमाडौँ, १३ कात्तिक । नेपाललाई माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराउने घोषणा गरेको २ लाख १ हजार ६० डोज खोप भोलि (आइतबार) काठमाडौँ आईपुग्ने भएको छ । कतार एयरको नियमित उडानबाट आइतबार दिउसो १ बजे खोप काठमाडौँ आईपुग्ने भएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले पछिल्लो पटकको तालिकामा आइतबार दिउसो १ बजे खोप काठमाडौँ आईपुग्ने उल्लेख भएको बताए । उनले मालदिव्सले यो खोप उपहार स्वरुप पठाउन लागेको स्पष्ट पारे ।

यसअघि सार्क सदस्य भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप नेपालले उपहारस्वरुप प्राप्त गरेको छ ।

चीन उपहार स्वरुप दिने भनेको १६ लाख डोज भेरोसेल खोप तिहार अघि नै आईपुग्ने
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनासाथ नेपाललाई उपहार दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप तिहार अघि नै नेपाल आईपुग्ने बताइएको छ ।

‘अहिले नै तालिका तय नभएपनि नेपाललाई अनुदानमा उपलव्ध गराउने भनिएको १६ लाख डोज भेरोसेल तिहार अघि नै आईपुग्ने छ,’ आपूर्ति शाखाको प्रमुख ढुंगानाले  भने ।

नेपालले पछिल्लो पटक चीनबाट कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त ५९ लाख डोज भेरोसेल खरीद गरेको छ । त्यसको १० लाख डोज आइसकेको छ । बाँकी डोजहरु क्रमश आउने समेत ढुंगानाले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *