स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको जिम्मेवारी महेश्वर श्रेष्ठलाई

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको जिम्मेवारी महेश्वर श्रेष्ठले प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई सो जिम्मेवारी दिएको निजी सचिव मधु मिजारले जानकारी दिए ।

श्रेष्ठले हेटौडा पुगेर नयाँ जिम्मेवारी आजैबाट सँम्हाली सकेका छन् ।

यसअघि प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका प्रमुख रहेका श्रेष्ठलाई तत्कालिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका स्वास्थ्य विज्ञ सल्लाहकारका रुपमा मन्त्रालय तानेका थिए । तर स्वास्थ्य मन्त्री फेरिएपछि उनी काम विहीन जस्तै बनेका थिए ।

बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारी केही महिना अघि अनिवार्य अवकाश पाएपछि प्रदेशले सागर घिमिरेलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो ।

संघीय स्वास्थ्य मन्त्रालयबाट एघारौँ तहका श्रेष्ठलाई निर्देशक बनाएर पठाएपछि घिमिरे जिम्मेवारीमुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *