आज देशमा साढे ५ सय जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १२ कात्तिक ।  पछिल्लो चौविस घण्टामा देशभर थप ५४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १४५ जनाको पीसीआर र २ हजार ६०१ जनाको एन्टीजेन गरी कुल ९ हजार ७४६ जनाको कोभिड १९ परीक्षण गरिएको थियो । सो क्रममा ४९० जना पीसीआर र ५९ जना एन्टीजेन गरी कुल ५४९ जनामा पोजेटिभ देखिएको हो ।

मन्त्रालयले सोही अवधीमा ५६९ जना संक्रमित भने निको भई डिस्चार्ज भएको बताएको छ । यस्तै संक्रमणबाट थप ६ जनाको ज्यान गएको समेत शुक्रबारको विवरणमा उल्लेख गरेको छ ।

पछिल्लो रिपोर्ट सहित देशमा १० हजार १५१ जना सक्रिय संक्रमित रहेको र अहिले निको हुने दर ९७.३ प्रतिशत रहेको समेत उल्लेख गरिएको छ ।

कोभिडविरुद्धको खोप डेढ करोड बढी मात्रा लगाईयो
यस्तै मन्त्रालयले खोप अभियान सुरु भए देखि अहिलेसम्म कुल १ करोड ५६ लाख ४६ हजार ४०७ डोज खोप लगाईसकिएको बताएको छ । उसले पूर्ण मात्रा लगाउनेको संख्या ६९ लाख ८४ हजार १५७ जना र कम्तीमा एक मात्रा लगाउनेको संख्या ८६ लाख ६२ हजार २५० जना रहेको उल्लेख गरेको छ ।

उसले अहिलेसम्म कुल जनसंख्याको २८.५ प्रतिशतले पहिलो मात्रा र २३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको बताएको छ । तर लक्षित जनसंख्यामा खोप लगाउने प्रतिशत पूर्ण मात्रामा ३५.१ प्रतिशत र पहिलो मात्रा लगाउने ४३.५ प्रतिशत पुगेको समेत उल्लेख गरेको छ ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *