ललितपुर महानगरपालिकामा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिईदै (तालिका सहित)

काठमाडौं, १२ कात्तिक । ललितपुर महानगरपालिकाले ७४ वर्ष माथिका स्थानीय जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको (पीसीभी १३ खोप दिने भएको छ । जेष्ठ नागरिकलाई हुनसक्ने निमोनियाको संक्रमणबाट बचाउँन महानगरपालिकाले निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

अभियान अन्तरगर्त आगामी १४ देखि १७ कात्तिकसम्म २९ वटै वडामा पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछन् । नगरपालिकाले तोकिएका दिनमा तोकिएको वडाका खोप केन्द्रमा नागरिकता वा वडा कार्यालयले सिफारिस पत्र लिएर जान अनुरोध गरेको छ ।

उसले पहिलो चरणको अभियान अन्तरगर्त ७४ माथिकालाई खोप लगाईसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *