डा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौँ, ११ कात्तिक । बरिष्ठ बालरोग विशेषज्ञ डा आरपी बिच्छा प्रधानमन्त्री शेरबहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा बिच्छालाई प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । नयाँ जिम्मेवारी लिदै गर्दा उनलाई राजपत्राङ कित विशिष्ट श्रेणी (सचिव) सरहको सुविधा दिने निर्णय भएको छ ।

यसअघि उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनेका थिए । गत ७ कात्तिकमा ६० बर्षे उमेर हदका कारण विभागको महानिर्देशक पदबाट जिम्मेवारी मुक्त भएका थिए । यद्धपी उनलाई त्यसअघि नै सरकारले दुई बर्षको लागि विज्ञको रुपमा पदावधी थप्ने निर्णय गरेको थियो ।

‘गत ८ कात्तिकको मन्त्रिपरिषदको बैठकले मलाई प्रधानमन्त्री ज्यूको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । अबको नयाँ जिम्मेवारी स्वास्थ्य मन्त्रालयसंग समन्वय गर्दै अघि बढाउनेछु,’ छोटो प्रतिक्रिया दिदै डा विच्छाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *