फाइजर खोप काठमाडौँ आईपुग्यो, २८ कात्तिक देखि लगाउने तयारी

काठमाडौँ, ८ कात्तिक । कोभिडविरुद्धको अमेरिकी खोप फाइजरको १ लाख ६२० डोज काठमाडौँ आईपुगेको छ । विहान ९ बजे कतार एयरको नियमित उडानबाट खोप काठमाडौँ आईपुगेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाले खोप त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट रिसिभ गरी टेकु तर्फ लगिसकेको जनाएको छ ।

कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई अमेरिकाले यो खोप उपलव्ध गराएको हो । माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले पनि यसको व्यवस्थापनका लागि विभागले विशेष रेफ्रिजरेटरको व्यवस्था गरेको छ ।

को कोले पाउछन यो खोप ?
अमेरिका र युरोपमा बढी विश्वसनीय मानिएको यो खोप लगाउन नेपालमा पनि धेरै मानिसहरु उत्साहित छन् । तर उत्साहित हुँदैमा पाउने भने छैनन् । यसका लागि सरकारले छुट्टै मापदण्ड बनाएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार यो खोप १२ बर्ष माथिका दीर्घ रोगीहरुलाई दिईने योजना बनाइएको छ ।

‘अस्पतालमा उपचार गराईरहेका वा उपचारकै क्रममा अस्पताल बाहिर रहेका दीर्घरोगीहरु जस्तै क्यान्सर, मधुमेह, मिर्गौला डाइलायसिस, मस्तिस्कघात भएका लगायतका बिरामी व्यक्तिहरु जो १२ बर्ष माथिका छन् उनीहरुलाई यो खोप दिईन्छ,’ दाहालले भने ।

उनले खोप २८ कात्तिक देखि ३ मंसिरसम्म दिने योजना रहेको समेत जानकारी दिए । फाइजर खोप पहिलो डोज लगाएको ३ देखि ४ हप्ताको बीचमा दोस्रो डोज लगाउनु पर्ने समेत दाहालले बताए ।

कहाँ कहाँ लगाउन पाइन्छ खोप ?
सरकारले यो फाइजर खोप लगाउन २४ वटा खोप केन्द्र तोकेको छ । त्यसमा ९ वटा केन्द्र काठमाडौँ उपत्यकामा र बाँकी १५ वटा केन्द्र उपत्यका बाहिर छन् । खोप शाखा प्रमुख दाहालले सबै खोप केन्द्रहरु सरकारी अस्पताल रहेको जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *