अमेरिकाबाट एक लाख ६३० डोज फाइजर खोप आगामी सोमबार नेपाल आईपुग्ने

796
Shares

काठमाडौं, ५ कात्तिक । कोभिडविरुद्धको अमेरिकी खोप फाइजरको एक लाख ६३० डोज खोप आगामी सोमबार ( ८ कात्तिक)का दिन नेपाल आईपुग्ने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलव्ध गराउन लागिएको सो खोप नेपालमा पहिलो पटक भित्रिन लागेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार सो खोप नियमित उडानमार्फत नै नेपाल आइपुग्ने छ ।

१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका जो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु छन्, उनीहरुलाई पहिलो प्राथमिकता राख्दै जेष्ठ नागरिकहरुलाई पनि यो खोप सुरुमा दिईने तयारी गरेको छ ।

माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने यो खोपका लागि भण्डारणको व्यवस्थापन पुरा भईसकेको ढुंगानाले बताए । फाइजर खोपका लागि विभागले यस अघि नै ४ वटा फ्रिज ल्याएर राखिसकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *