सुर्तीजन्य पदार्थमा ‘प्लेन प्याकेज’ नीति लागू गर्दै म्यानमार

काठमाडौँ, ४ कात्तिक । सुर्तीजन्य पदार्थ विरुद्धको अभियान कडा ढंगले अघि बढाएको म्यानमारले अब प्लेन प्याकेज नीति लागू गर्ने घोषणा गरेको छ । यो नीति अन्तरगत अब सबै सुर्तीजन्य पदार्थको प्याकेटको अगाडी पछाडीको ७५ प्रतिशत भागमा चेतावनीमुलक स्वास्थ्य संंदेश समेटिएको रंगिन चित्रहरु हुनुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत १२ अक्टोबरमा बसेको त्यहाँको मन्त्रिपरिषदको बैठकले सुर्र्तीजन्य पदार्थसम्वन्धी नयाँ नीति प्लेन प्याकेज लागू निर्णय गरेको थियो । सो निर्णयमा नयाँ नीति अवको १८० दिन भित्र कार्यान्वयनमा ल्याईने बताएको छ ।

बुधबार आयोजित भर्च्युअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका डा क्याव कान काउङले नयाँ नीति घोषणा गर्न पाउँदा खुशी लागेको भन्दै यो नीति देशमा सुर्तीजन्य पदार्थको प्रयोगदर घटाउन कोशेढुगा सावित हुने विश्वास व्यक्त गरे । उनले नसर्ने रोगको प्रमुख कारक रहेको धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सक्दा म्यानमारको मृत्युदर समेत घटने भन्दै सरकारले यसलाई कडाईका साथ लागू गर्ने बताए ।

द युनियन एसिया प्यासेफिकका निर्देशक डा तारासिंह बमले प्लेन प्याकेज धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने प्रभावकारी नीति भएको बताउँदै युवा तथा किशोर किशोरीहरुलाई यसको लतबाट जोगाउन सकिने बताए । उनले प्लेन प्याकेजको नीति लागू नभएका देशमा पनि यो नीति सकेसम्म छिटो लागू गर्नुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार म्यानमारमा हरेकवर्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण ६५ हजार ६०० बढी व्यक्तिको ज्यान जाने गरेको छ । सन् २०१४ को स्टेप सर्भेले ४३.८ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला धूमपानको लतमा लागेको, ४३ प्रतिशत बढीले धूमपानरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको थियो ।

यस्तै सन् २०१६ को जीवाईटीएस सर्भेले २१ प्रतिशत केटा र २ प्रतिशत केटीहरु धूमपानको कुलतमा लागेको तथा ११ प्रतिशत केटा र २ प्रतिशत केटी स्मोकलेस टोवाको प्रयोग गर्ने गरेको देखाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *