संसोधन भयो स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहको बढुवा सम्बन्धि एक साता अघिको सूचना

काठमाडौँ, ३ कात्तिक । लोकसेवा आयोगले गत २७ कात्तिकमा प्रकाशित गरेको स्वास्थ्य सेवाका एघारौँ र नवौ तहका बढुवा सूचनामा केही संसोधन गरिएको जनाएको छ । आयोगले बुधबार अर्को सूचना प्रकाशित गर्दै पहिलेको सूचनामा केही सच्याइएको स्पष्ट पारेको छ ।

आयोगका अनुसार स्वास्थ्य सेवा तर्फका पदहरुका लागि नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २६ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १५ बमोजिमको न्युनतम शैक्षिक योग्यता र तालिम प्राप्त गरी नियम ६९ बमोजिम २०७८ साल असार मसान्तसम्म बढुवाका लागि सम्भाव्य उम्मेद्धारहरुले आयोगबाट निर्धारित फारममा उल्लेखित विवरण खुलाई ३० कात्तिक सम्म दरखास्त दिनु पर्नेछ ।

यस्तै कर्मचारी समायोजन ऐन २०७५ अनुसार संघ प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु सोही ऐनका दफा १४ को उपदफा ४ बमोजिम सायमोजन हुनु पूर्व वहाल रहेको सेवा समूह उपसमूहको एक श्रेणी वा तह माथिको पदमा बढुवाको लागि सम्भाव्य उम्मेद्धार हुन सक्ने समेत उल्लेख छ ।

आयोगले गत २७ असोजमा निम्नअनुसार विज्ञापन प्रकाशित गरेको थियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *