७५ दिन स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्ने क्रममा केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । त्यसक्रममा स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्यमा ७५ दिन काम गरे । उनलाई प्रधानमन्त्री देउवाले १० साउनमा राज्यमन्त्रीमा नियुक्त गर्दै स्वास्थ्य मन्त्रालय पठाएका थिए ।

स्वास्थ्यमा आउँदा नै उनी विवादमा परेका थिए । खासगरी डा गोविन्द केसीले कडा विरोध गरेपछि प्रधानमन्त्री देउवाले स्वास्थ्यबाट श्रेष्ठलाई हटाउने भनेर सम्झौँता नै गर्न बाध्य भएका थिए ।

स्वास्थ्यको साढे दुई महिने कार्यकालमा उनी ठूलो विवादमा त परेनन् तर स सानामा काममा निकै पटक अल्झिए । सुरु देखि नै कर्मचारी सरुवामा रुची देखाएका धेरैवटा निर्णय विवादित रहे । कतै व्यक्ति चयनमा विवाद देखियो, कतै नीतिगत रुपमा नै विवादित भयो ।

कोभिड नियन्त्रणमा प्राथमिकता, खोप खरीद र आपूर्तिमा उनको निरन्तरता भने उनको सकारात्मक पक्ष रहेको जानकारहरु बताँउछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *