स्वास्थ्य मन्त्री बने विरोध खतिवडा, राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ

काठमाडौं, २२ असोज ।   काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा भएका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नेतृत्व गर्दै खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका हुन् । स्वास्थ्य राज्यमन्त्रीको रुपमा भने भवानीप्रसाद खापुङ भएका छन् ।

यसअघि स्वास्थ्यमा रामकुमारी झाँक्रीलाई पठाउने भनिएको थियो । तर शुक्रबार बसेको सचिवालय बैठकले झाँक्रीलाई शहरी विकास पठाउने निर्णय गर्दै स्वास्थ्यको जिम्मा खतिवडालाई दिने निर्णय गरेको हो ।

खतिवडा २०७४ सालको आम निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । यस्तै खापुङ समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *