डब्लूएचओद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

जेनेभा, २२ असोज । विश्वस्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

उनले बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *