चीनले अनुदानमा दिने १६ लाख डोज भेरोसेल खोप कात्तिकको पहिलो साता आउने

काठमाडौँ, २१ असोज । चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप आगामी कात्तिकको पहिलो साता आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार खोप आगामी कात्तिकको ३, ५ र ६ गते काठमाडौँ आईपुग्ने भएको हो ।

चीनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले गत १ साउनमा प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी थिईन् ।

यसैबीच राज्यमन्त्री श्रेष्ठले चीनबाट थप १० लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा प्राप्त हुन लागेको जानकारी दिएका छन् । तर यसपटक अनुदानमा आउने खोप सिनोभ्याक भएको स्पष्ट पारेका छन् । नेपालमा सिनोभ्याकलाई आकस्मिक प्रयोगका लागि अनुमति दिईसकिएको छ । यस्तै मन्त्री श्रेष्ठले थप ३ लाख डोज खोप नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले अनुदानमा उपलव्ध गराउने समेत जानकारी दिए ।

चीनले अहिलेसम्म २८ लाख बढी खोप अनुदानमा दिईसकेको छ ।

क्यानडा र मालदिव्सबाट अनुदानमा ६ लाख बढी खोप आउँदै
यसैबीच क्यानडा र मालदिव्सले नेपाललाई अनुदान सहयोगमो ६ लाख बढी डोज खोप उपलव्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले क्यानडाले कोभ्याक्स सुविधा अन्तरगर्त ४ लाख डोज र मालदिव्सले २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप पठाउन लागेको जानकारी दिए ।

उनले खोप आउने दिनको टुंगो भने लागि नसकेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *