त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भए माधवकुमार नेपाल

172
Shares

काठमाडौँ, १८ असोज । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपचारपछि डिस्चार्ज भएका छन्।

अध्यक्ष नेपालको नीजि सचिवालयले दिएको जानकारी अनुसार स्वास्थ्यलाभपछि आज नेपाल घर फर्किएका हुन्। र उनलाई स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्न पनि चिकित्सकले सल्लाह दिएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि अध्यक्ष नेपाल गत १३ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारमा बरिष्ठ छातीरोग विशेषज्ञ डा शान्तकुमार दास नेतृत्वको टोली सम्लग्न थियो । नेपाललाई भाइरल फिवर (नन कोभिड भाइरल) का साथमा केही अरु स्वास्थ्य समस्या पनि देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *