शिक्षण अस्पतालमा उपचाररत माधवकुमार नेपालको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ, १७ असोज । त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सुधार आएको छ । यद्धपी डिस्चार्ज हुन अझै दुई तीत दिन लाग्ने उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि अध्यक्ष नेपाल गत १३ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको उपचारमा बरिष्ठ छातीरोग विशेषज्ञ डा शान्तकुमार दास नेतृत्वको टोली सम्लग्न छ । डा दासका अनुसार अध्यक्ष नेपाललाई भाइरल फिवर (नन कोभिड भाइरल) का साथमा केही अरु स्वास्थ्य समस्या देखिएका थिए ।

‘खासगरी रगतमा सोडियमको मात्रा कमी हाइपोनेट्रिमिया भएको थियो । ज्वरो, खोकी जस्ता समस्या थियो । त्यो निको भइसकेको छ, अहिले नर्मल अवस्थामा आइसकेको छ । तर उहाँमा अलि विकनेस पनि देखिएकोले अझै दुई तीन दिन यहि राखेर थप उपचार गर्नेछौँ,’ उनले भने ।

त्यसो त नेता नेपालमा उच्च रक्तचापको समस्या समेत देखिएको छ । त्यसको उपचार डा रत्नमणी गजुरेलको टोलीले गर्दैछ । ‘अहिले मुटुको जाँच पनि हुँदैछ । त्यसैले पनि केही दिन यहि राखेर हेरौँ भनेका हौँ,’ स्रोतले भन्यो ।

डा दासले भने, ‘इनिसियल पार्ट’ सुधार भएको र ‘रिकभरी पार्ट’ सुधार गर्न अझै दुई तीन लाग्छ होला । सम्भवत मंगलबार या बुधबार हामीले उहाँलाई घर पठाउँछौँ ।’

अध्यक्ष नेपाललाई अस्पतालको एनेक्स वार्डको ५०१ नम्बर (भिआईपी क्याविन) मा राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *