डाक्टरको आग्रह पछि एमाले अध्यक्ष ओली ‘वेडरेष्ट’मा

काठमाडौँ, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई चिकित्सकहरुले घरमै आराम गर्न भनेका छन् । चिकित्सकले भने अनुसार नै ओली शनिबार घरमै बसेर आराम गरेका छन् ।

गोदावरीमा शुक्रबारबाट शुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यद्धपी उनले रुघा खोकी र घाटीमा लागेको भन्दै बीचमा नेता शंकर पोखरेललाई आफ्नो प्रतिवेदन बाचन गर्न लगाएका थिए ।

ओलीको सचिवालय सदस्य रामशरण बजगाईंले चिकित्सकको सल्लाह बमोजिम अध्यक्ष  शनिबार घरमै आराम गरेको बताए । उनले भने, ‘धपडीले हो कि ? पछिल्लो तीन चार दिन देखि खोकी ज्वरो आइरहेको थियो । चिकित्सकहरुको सल्लाह अनुसार एन्टीवायोटिक पनि लिईरहनु भएको छ । तर हिजो उदघाटनको दिन भयो दिनभर गोदावरीतिर रहनु भयो । त्यसले थप धपडी हुने नै भयो । त्यसैले आज आराम गर्नु भएको छ ।,’

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओली पछिल्लो समय राजनीतिक कार्यक्रममा बढी सक्रिय देखिएका छन् ।

चिकित्सकहरुले कोरोना महामारीकैबीचमा भइरहेका राजनीति गतिविधिमा भइरहेको ओलीको सक्रियता प्रति उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *