दशैं अघि नै आउने भनिएको १ लाख डोज फाइजर खोप गम्भीर रोगका बिरामीलाई दिने तयारी

काठमाडौँ, १२ असोज । कोभ्याक्स सुविधा अन्तरगर्त दशैं अघि नै आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप गम्भीर रोगका बिरामी तथा जेष्ठ नागरिकलाई दिने योजना गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ‘को-मोरविडिटी’ भएका भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई दिने योजना बनाएको हो ।

महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले ‘को-मोरविडिटी अर्थात रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरु तथा जेष्ठ नागरिकलाई यो खोप दिइने विषयमा छलफल अघि बढेको बताए । ‘अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका जो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु छन्, उनीहरुलाई पहिलो प्राथमिकता राख्दै जेष्ठ नागरिकहरुलाई पनि यो खोप सुरुमा दिईने तयारी रहेको बताए ।
हामीले कोभ्याक्सलाई पनि यहि नै जानकारी पठाएका छौँ, मन्त्रालयलाई पनि यहिनै भनेका छौँ,’ उनले भने ।

चिकित्सकहरुले यसअघि नै को मोरविडिटीका व्यक्तिहरुलाई कोरोना लाग्दा त्यसले जटिलता पैदा गर्न सक्ने बताउँदै आएका छन् ।

माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने यो खोप यसअघि सरकारले १२ देखि १८ बर्ष उमेर समूहकालाई दिन प्राथमिकतामा राख्ने बताएको थियो । तर दाहालले १२ देखि १८ बर्ष उमेर समूहको व्यक्तिको संख्या ठूलो भएको र खोपको परिमाण अलि कम भएकोले अहिले कम संख्या भएको समूहलाई प्राथमिकतामा राखिएको बताए ।

सरकारले यसअघि नै अमेरिकाबाट ६० लाख डोज फाइजर खोप ल्याउने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *