वीपी प्रतिष्ठान धरानले दिने स्वास्थ्य सेवा नाजुक र गुणस्तरहीन : मेडिकल काउन्सिल

काठमाडौँ, ११ असोज । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवाको अवस्था अत्यन्तै नाजुक र गुणस्तरहीन रहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको टोलीले गत भदौमा गरेको स्थलगत निरीक्षणका क्रममा प्रतिष्ठानको सेवाको गुणस्तर खस्किदा सेवाग्राहीले ठूलो दुख पाएको निष्कर्ष निकालेको छ ।

चार पेज लामो प्रतिवेदनमा भनिएको छ, व्यवस्थापनको कमजोरीका कारण अस्पतालको रेडियोलोजी तथा ल्याव सेवाको अवस्था निकै नै तल्लोस्तरमा पुगेको र अस्पतालको आफ्नै हाता भित्र फार्मेसी सेवा नभएकोले सेवाग्राहीलाई निकै सकस भएको पाइयो ।

काउन्सिलबाट उपाध्यक्ष डा नारायण बिक्रम थापा र सदस्य डा प्रेणितकुमार पोखरेल गत २ देखि ५ भदौसम्म धरान पुगेर स्थलगत निरीक्षण गरेका थिए ।

यस्तो छ प्रतिवेदन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *