त्रिबि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

काठमाडौँ, ९ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल भएकोे छ ।
कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेश सिंह भण्डारीका अनुसार शुक्रबार एक जना ३५ वर्षाीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३१ वर्षीय आफ्नै श्रीमतीले कलेजो दान गरेकी थिइन् ।
प्रत्यारोपणलाई सघाउन भारतको दिल्ली स्थित फोर्टिस अस्पतालका डा विवेक विजको टोली आएको थियो ।
नेपालमा अहिलेसम्म त्रिबि शिक्षण अस्पताल बाहेक भक्तपुर स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भरतपुर स्थित चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



