त्रिबि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल


काठमाडौँ, ९ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल भएकोे छ ।

कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेश सिंह भण्डारीका अनुसार शुक्रबार एक जना ३५ वर्षाीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३१ वर्षीय आफ्नै श्रीमतीले कलेजो दान गरेकी थिइन् ।

प्रत्यारोपणलाई सघाउन भारतको दिल्ली स्थित फोर्टिस अस्पतालका डा विवेक विजको टोली आएको थियो ।

नेपालमा अहिलेसम्म त्रिबि शिक्षण अस्पताल बाहेक भक्तपुर स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भरतपुर स्थित चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *