कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

सयुक्त राष्ट्रसंघ, ७ असोज । सयुक्त राष्ट्रसंघले कोभिड-१९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।

हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् । उनले भनेका छन् सयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ ।

उनले भने– मैले यो एक बैठकको आह्वान गर्नेछु र यस मञ्चमा विश्वका नेताहरुले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुनेछ ।

यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताका लागि विश्वका नेताहरुको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुनेछ उनले हानेका छन् ।

सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *