भारतमा सक्रिय संक्रमितको संख्या छ महिना पछिकै सबैभन्दा थोरै

नयाँ दिल्ली, ६ असोज । भारतमा संङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ।

सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९८९ पुगेको छ। यो संख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

भारतमा सक्रिय संङ्क्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ। दैनिक नयाँ संङ्क्रमितभन्दा दैनिक संङ्क्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय संङ्क्रमितहरुको संख्या घट्दै गएको हो।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ संङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संङ्क्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन्। योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संङ्क्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ। ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *