स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत उत्तीर्ण

5.0k
Shares

काठमाडौँ, २३ भदौ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले २१, २२ र २३ भदौमा सञ्चालन गरेको प्रथम नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषदले आज बेलुका प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा कुल सहभागी २ हजार २० जना थिए । त्यसमध्ये १ हजार २९० जना उत्तीर्ण भएका हुन् । परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।

परिषदका अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका थिए । स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना ( ६७.१७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

परिषदले परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा कम्प्युटर विधिबाट सञ्चालन गरेको थियो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *