पछिल्लो चौविस घण्टामा १६४० जनामा कोरोना संक्रमण, २१६१ जना संक्रमणमुक्त

काठमाडौँ, २३ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।

९ हजार ७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरी कुल १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। सोही अवधिमा २ हजार १६१ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयले सोही अवधिमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म १०८८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामा १ लाख २३ हजार २८६ जनाले कोभिडविरुद्धको खोप लगाएको समेत स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *