‘दुर्लभ शल्यक्रिया’ गरी टाउको जोडिएका जुम्ल्याहा शिशु छुट्याईए

एजेन्सी । इजरेलका चिकित्सकहरुले जन्मजात रुपमा टाउको जोडिएका जुम्ल्याहा बालिकाहरुको सल्यक्रिया गरी छुट्याएका छन् । एक वर्ष उमेर पुगेका ती बालिकाहरु टाउको छुट्टिएपछि पहिलो पटक एक अर्कालाई देख्न सफल भएका छन् ।

यी बालिकाहरुको जम्मजात रुपमा टाउकोको पछाडीको भाग जोडिएको थियो । शल्यक्रिया नगर्दासम्म उनीहरुको शरीर र अनुहार एक अर्का विपरित फर्किएको थियो ।

शल्यक्रिया बियरसेवा शहरस्थित सोरोका मेडिकल सेन्टरमा गत साता सम्पन्न भएको थियो । तर चिकित्सकहरुले यसको तयारी महिना दिन अघि देखि नै गरेका थिए ।
शल्यक्रियाका लागि १२ घण्टा बढी समय लागेको थियो । त्यसका लागि इजरेल र बाहिरबाट समेत विज्ञ चिकित्सकहरु सहभागी थिए ।

चिकित्सकहरुले अहिले ती बालिकाहरुको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् ।

‘अहिले उनीहरु आफैले स्वास फेर्दैछन्, खाँदैछन् पनि,’ सोरोका मेडिकल सेन्टरका प्लास्टिक सर्जरी विभागका प्रमुख इल्डाड सिल्ब्रेस्टाइनले भने ।

इजरेलमा पहिलो पटक भएको यो शल्यक्रिया अहिलेसम्म विश्वमै २० वटा मात्रै भएका छन् ।

चिकित्सकहरुले ती बालबालिकाहरुको शल्यक्रिया गर्नु अघि नै उनीहरुको टाउकोमा इन्फ्लाटेवल सिलिकन राखिदिने र त्यसलाई विस्तारै फैलाउने काम गरेका थिए । टाउको छुट्याएपछि खाटिएको भागमा नयाँ छालाले सिलाएका थिए ।

त्यसअघि तयारीका क्रममा जुम्ल्याहा शिशुको छुट्टै थ्रीडी मोडल तयार गरी त्यसबाट थप तयारी गरेका थिए । ‘हामीले जे जसरी तयारी गरयौँ र नतिजा अपेक्षा गरेका थियौं । त्यहि अनुरुप नै भयो,’ सोरोका अस्पतालका प्रमुख न्युरो सर्जन मिक्की गिडइयोनले भनिन् ।

ती शिशुहरु सन् २०२० को अगष्ट महिनामा जन्मेका थिए । अव उनीहरु सामान्य जीवन विताउन सक्ने चिकित्सकहरुले अपेक्षा गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *