कोरोनाविरुद्ध विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह

76
Shares

बेइजिङ, २२ भदौ । कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ ।

चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन् । उनले भनेका थिए, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ ।

प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भनेको समाचारमा जनाइएको छ ।हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उहाँको सो धारणा आएको हो ।

प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखेका थिए ।

सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *