दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ बनिन् आइएपीबीको नीतिगत तहमा पुग्ने पहिलो नेपाली

काठमाडौँ, २२ भदौ । नेपालकी दृष्टि विशेषज्ञ जुनु श्रेष्ठलाई इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपीबी) सेन्टर अफिसको जिम्मेवारी दिईएको छ ।

पोलिसि एण्ड एड्भोकेसी म्यानेजरमा पहिलो पटक नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको हो । केन्द्रीय कार्यालय लनडनमा रहेको यो संस्थामा नेपालीले पहिलो पटक नीति योजना व्यवस्थापनको जिम्मेवारी पाएको हो।

पहिलो नेपाली दृष्टिरोग विशेषज्ञ रहेकी उनी नेपाल दृष्टि विशेषज्ञ संघका कोषाध्यक्षसमेत हुन् । श्रेष्ठले लण्डनको हाइजिन तथा ट्रपिकल मेडिसिन र इकोनोमिक तथा राजनीतिक विज्ञान स्कुलमा अध्ययन गरेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *