बेलायतमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने

100
Shares

लण्डन, १८ भदौ । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन्।

शिक्षामन्त्री ग्याबिन विलियिमसनले उक्त कुरा बताएका हुन् । उनले भनेका छन् कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता त्यहाँका विद्यालय खुल्ने भएका छन् ।

ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताएका हुन् ।

उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताएका छन् ।उनले भने, “यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।”

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *