चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिबाट सुरु हुँदै

काठमाडौँ, १४ जेठ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई मंगलबार ((भोली)देखि म्याचिङ सुरु गर्ने भएको छ ।

प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली शुरु गर्न लागेको हो ।

आयोगले म्याचिङ प्रणाली १५ भदौ विहान १० बजे देखि शुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ । म्याचिङका लागि स्वदेशी तथा विदेशी विद्यार्थीका लागि विभिन्न मापदण्ड अघि सारिएको छ ।

यता नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेजहरुले कोटा भन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण गराएको भन्दै आयोगलाई ताला चावी लगेर बुझाएको छ । उसले यथास्थितिमा विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *