भरतपुर अस्पतालको नेतृत्व पुन: डा. कृष्णप्रसाद पौडेललाई

काठमाडौँ, १३ भदौ । सरकारले हाडजोर्नी विशेषज्ञ डा. कृष्णप्रसाद पौडेललाई पुन: भरतपुर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

हाडजोर्नी विशेषज्ञ डा पौडेल यसअघि पनि त्यहाँ निमित्त निर्देशक बनेका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले निर्देशक रहेका डा रोशन न्यौपानेलाई रामराजाप्रसाद सिंह अस्पताल राजबिराजमा निर्देशक बनाएर पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *