खोप शाखा प्रमुखमा सागर दाहाल, डा. झलक व्यवस्थापनमा

1.5k
Shares

काठमाडौँ, १३ भदौ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख पनि परिवर्तन गरेको छ । आइतबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुखको जिम्मेवारीमा सागर दाहाललाई दिएका छन् ।

दाहाल पछिल्लो समय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको पूर्वाधार विकास शाखा प्रमुख थिए । खोप शाखामा अहिलेसम्म नेतृत्व गरेका डा झलक गौतमलाई दाहालको शाखामा पठाइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए ।

स्वास्थ्यमा खोप शाखा पहिले देखि नै निकै महत्वपूर्ण मानिन्छ । कोभिड संक्रमण पछि त यसको चर्चा र महत्व झनै बढेको छ । खास गरी कोभिड खोपको खरीद व्यवस्थापन र वितरणमा यो शाखा निकै शक्रिय रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *