भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ संक्रमित

76
Shares

नयाँदिल्ली, १३ भदौ । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १.०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।

भारतमा दैनिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको र सङ्क्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ । अहिले सङ्क्रमित अवस्थामा रहेका विरामीमध्ये १.३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा लिइरहेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *