‘गर्भवस्था र स्तनपान गराई रहेका महिलाका लागि कोभिडको खोप सुरक्षित र प्रभावकारी छ’

प्राडा गणेश दंगाल
अध्यक्ष, नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)
प्राज्ञिक निर्देशक, जन स्वास्थ्य सरोकार ट्रष्ट नेपाल

कोभिडको खोपबारे जानकारी :

  •  कोभिडको खोप –जुनसुकै चरणको गर्भावस्थामा पनि सुरक्षित र प्रभावकारी पाइएको छ ।
  • अमेरिकामा १ करोड ३० लाखभन्दा बढी गर्भधारण गरेका महिलाले यो खोप (खासगरी फाइजर र मर्डना) लगाइसकेका छन् र जसमा कुनै किसिमको समस्या देखापरेको छैन ।
  • यो खोपमा भ्रुण तथा गर्भवती महिलाका लागि हानी गर्ने कुनै तत्व छैन ।
  • यो खोप बनाउँदा जीवाणुको कुनै जीवित अंश प्रयोग गरिएको छैन ।
  • खोप लगाएकाहरुमा कोभिड भएको खण्डमा रोगको असर कम हुने र अन्य समस्याहरुमा पनि कमी देखिएको छ ।
  • खोपको नकारात्मक असर सामान्य हुन्छन् । कसैकसैलाई खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने आदि हुन सक्छ ।

खोपबारे सुझावहरू :

  • खोप लगाएकी महिला गर्भवती हुन सक्छिन् । कोभिड–१९ खोपले गर्दा गर्भवती हुन सक्दिनन् भन्नेमा कुनै आधार या प्रमाण भेटिएको छैन ।
  • आइभिएफ  उपचार गरिहेकाका लागि पनि कोभिड–१९ को खोप सिफारिस गरिन्छ ।
  • गर्भवती भएकाहरुको लागि पनि कोभिड –१९ को खोप सिफारिस गरिन्छ ।
  • गर्भवती महिलाहरुलाई कोभिडको खोप अन्य उमेर समूहका समुदायसँगसँगै एकै समयमा दिइनुपर्छ ।
  • गर्भवती महिलाहरुलाई खोपले कुनै नकारात्मक असर गर्दैन भनि विश्वस्त गराउनुपर्छ । खोपको दोस्रो मात्रा १२ हप्ताको फरक पारेर दिए पनि हुन्छ । तर यतिनै फरक गर्नुपर्छ या पर्दैन भन्ने कुनै आधिकारिक प्रमाण भने छैन ।
  • खोपको दोस्रो मात्रा तेस्रो  Trimester  या प्रशव हुन अगाडि दिइसकेको हुनुपर्छ किनकि यस अवधिमा जोखिमको सम्भावना बढी हुन्छ ।
  • कोभिड १९ खोप लिनको लागि स्तनपानलाई रोक्नुपर्दैन ।

३५ वर्षभन्दा माथिका, मोटोपन भएका वा अन्य शारीरिक समस्या भएका महिलाहरुलाई कोभिड – १९ को जोखिम बढी हुन्छ । गर्भवती महिलाहरुमा यस संक्रमणले अझै गम्भीर रुप देखाइरहेको छ। यसबाट गर्भवती महिलाहरु मात्र नभई उहाँहरूको गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने देखिन्छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *