बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भारतले बनाइदियो अक्सिजन प्लान्ट

256
Shares

काठमाडौँ, १० भदौ । भारतले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका लागि उपलब्ध गराएको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतिय राजदुत बिनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उक्त अक्सिजन प्लान्टबाट एकैपट २ सय जना बिरामीलाई उपचार गर्न मिल्छ ।

सो कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिड- १९ महामारी बिरुद्धको अभियानमा भारतको तर्फबाट आएको सहयोग स्ह्रानिय भएको बताए ।

सो कार्यक्रममा राजदुत क्वात्राले महामारीकोे यो लडाइमा भारतले नेपाललाई निरन्तर सहयो गरेको बताए । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान २६ वर्ष अघि भारतको सहयोगमा निर्माण भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *