बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भारतले बनाइदियो अक्सिजन प्लान्ट

काठमाडौँ, १० भदौ । भारतले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका लागि उपलब्ध गराएको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतिय राजदुत बिनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उक्त अक्सिजन प्लान्टबाट एकैपट २ सय जना बिरामीलाई उपचार गर्न मिल्छ ।

सो कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिड- १९ महामारी बिरुद्धको अभियानमा भारतको तर्फबाट आएको सहयोग स्ह्रानिय भएको बताए ।

सो कार्यक्रममा राजदुत क्वात्राले महामारीकोे यो लडाइमा भारतले नेपाललाई निरन्तर सहयो गरेको बताए । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान २६ वर्ष अघि भारतको सहयोगमा निर्माण भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *