चौविसै घण्टा पीसीआर सेवा सुरु गर्दै वीर अस्पताल

काठमाडौँ, ९ भदौ । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले कोरोना परीक्षण गर्ने रियल टाइम पीसीआर सेवा चौविसै घण्टा सञ्चालनमा ल्याउने तयारी गरेको छ । कोभिड -१९ को परीक्षणका लागि अस्पतालले आगामी आइतबार देखि चौविसै घण्टा पीसीआर परीक्षण सेवा सञ्चालन गर्ने भएको हो ।

त्यहाँ पीसीआर सेवा लिनका लागि गरीव तथा लक्षण भएकाले पैसा तिर्नु पर्दैन तर अन्यको हकमा एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले कोभिड परीक्षण र उपचारका लागि नयाँ भवनलाई प्रयोग गरिएको बताए । उनले भने, ‘कोभिड परीक्षण, पोष्ट कोभिड ओपिडी, कोभिडको वार्ड, हाईकेयर देखि आइसीयू सम्म नयाँ भवनमा सारिएको छ । यसले पुरानो भनवमा नन कोभिड बिरामीको उपचार गर्न सहज हुन्छ । पुरानो भवनको इमरजेन्सीमा बिरामीको चाप पनि घटने हुन्छ । बिरामीले छिटो सहि उपचार पाउँछ ।’

नयाँ भवनमा पोष्ट कोभिड ओपीडीको नेतृत्व डा कमल थापाले नेतृत्व लिएका छन् ।

नयाँ भवनको भुईतल्लामा फिवर क्लिनिक सञ्चालन हुँदैछ । त्यहि फार्मेसी समेत सञ्चालनको तयारी भएको डा बस्नेतले बताए ।

अहिले वीरको नयाँ भवनमा ३० वटा आइसीयू सञ्चालनमा आईसकेको छ । थप २० आइसीयू यहि साता सञ्चालनमा आउँदैछ । १०० वटा एचडीयू र ५० वटा जनरल बेड सञ्चालनमा आइसकेको छ ।

कोभिडको लागि २०० बेड तयारी अवस्थामा रहेपनि अहिले वीरमा ११२ जना कोरोना बिरामी मात्रै भर्ना भई उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *