काठमाडौँ उपत्यकाको निषेधाज्ञा १६ भदौसम्म थपियो

काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थप गरिएको छ । मंगलबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म लागू हुने गरी थप गरेको हो ।

साथै भदौ ९ गतेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञामा अब राति पनि सवारी साधन चलाउन पाइने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली जानकारी दिए । यसअघि राति ८ बजेपछि अत्यावश्यक काम बाहेक सवारी चलाउन निषेध गरिएको थियो।

यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई भने १६ सम्म यथावत राखिएको छ । त्यस्तै ढुवानीका साधनहरु  बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *