आयोगसंग नर्सिङ तथा प्यारामेडिक्स कलेज सञ्चालकको माग, ‘कि विद्यार्थी दिनु कि साँचो लिनु’
नेपाली हेल्थ २०७८ भदौ ७ गते १८:३२ 0
3.8k
Shares
काठमाडौँ, ७ भदौ । चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरुले विरोध जनाएका छन् । उनीहरुले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटा भन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै विरोध जनाएका हुन् ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालकहरुले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्नविचार नगरे आफूहरुले कलेजको चावी आयोगलाई बुझाउने चेतावनी दिएका छन् ।पूर्वाञ्चल विश्वविद्यालय अन्तरर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा सोमबार नै गएर सांकेतिक रुपमा कलेजहरुको साँचो बुझाउने बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalihealthnews@gmail.com