कान्ति बाल अस्पतालको निर्देशकमा डा.अजित रायमाझी नियुक्त

- नेपाली हेल्थ
डा. अजित रायमाझी

काठमाडौँ, ४ भदौ । कान्ति बाल अस्पतालको निर्देशकमा डा.अजित रायमाझी नियुक्त भएका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा रायमाझीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। बालरोग विशेषज्ञ रहेका डा. रायमाझीले यसअघि पनि उक्त जिम्मेवारी निर्वाह गरिसकेका छन्।

अस्पतालका निर्देशक रहेका डा. आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको निमित्त निर्देशकको जिम्मेवारी दिइएपछि कान्ति अस्पताल निर्देशक विहीन थियो।


Facebook Comment


थप समाचार