यतिकेमले ल्यायो थप २०० भाइल ‘टोसिलिजुमाव इन्जेक्सन’
काठमाडौं, ३२ साउन । कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ (औषधि) को तेस्रो खेप काठमाडौँ आइपुगेको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले सोमबार तेस्रो खेपको रुपमा थप २०० भाइल टोसिलिजुमाव इन्जेक्सन (औषधि) काठमाडौँ ल्याई पुर्याएको हो ।
बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो औषधिको मूल्य प्रतिभाइल ५९ हजार ८५० रुपैयाँ तोकिएको छ । यो औषधि व्यवस्था विभागले नै तय गरेको मूल्य हो ।
यतिकेमका प्रमुख प्रभुराज बैद्यले औषधि अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइसकेको भन्दै आज बेलुका देखि नै बिरामीका आफन्तले लिनसक्ने बताए । सो औषधि लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा प्राप्त हुने जानकारी दिए ।
औषधि व्यवस्था विभागले गत १७ बैशाखमा यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव ल्याउन अनुमति दिएको थियो । सो अनुसार यतिकेमले पहिलो खेप गत १४ जेठमै ५०० भाइल, २६ असारमा ३०० भाइल ल्याइसकेको छ । आज आएको परिमाण समेत गर्दा कुल १ हजार भाइल नेपाल भित्रिएको छ ।
यतिकेमका प्रमुख बैद्यले थप परिमाण पनि ल्याउने तयारी भइसकेको बताए ।
स्वीट्जरल्याण्डबाट ल्याउने यो औषधिका लागि फ्लाइट सेड्युल नमिल्दा ढिलाई भइरहेको उनले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]