नेपाल स्वास्थ्य व्यवसायी परिषदको लाईसेन्स परीक्षा २१ र २२ भदौमा हुने, साउन मसान्तसम्म फारम भर्ने म्याद

काठमाडौँ, ३० साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषदले यसअघि स्थगित गरेको नाम दर्ता प्रमारणपत्र (लाइसेन्स) परीक्षा २१ र २२ भदौमा हुने भएको छ । परिषदले शुक्रबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

यो परीक्षा यसअघि १९ असारका लागि तय गरिए पनि कोभिड – १९ कारण स्थगित भएको थियो ।

परिषदले परीक्षामा सहभागिता जनाउनका लागि विद्यार्थीले साउन मसान्तसम्म फारम भर्न सक्ने स्पष्ट पारेको छ ।

परिषदका रजिष्ट्रार पुष्पराज खनालले १९ असारका लागि तय भई स्थगित भएको परीक्षा सञ्चालन गर्ने योजना भएपनि यो बीचमा थपिएका विद्यार्थीलाई पनि यसै पटक मौका दिइन खोजिएको बताए । उनले परीक्षामा सहभागीता हुनका लागि अनलाइन फारम भर्ने र त्यसमा ट्रान्सकिप्ट तथा प्रोभिजनल सर्टिफिकेट अपलोड गर्नुपर्ने बताए ।

परिषदले यसअघि लिन लागेको परीक्षामा प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहका करीब ३०० जनाले सहभागिता जनाउन फारम भरेका थिए । तर अहिले सो संख्या बढेर ७०० पुगेको छ । अब बाँकी दुई दिनमा फारम भर्नेहरु समेतको विवरण आएपछि अन्तिम रुप दिईने उनले बताए ।

परिषद्ले विभिन्न २२ विषयको लाइसेन्स परीक्षा लिने बताएको छ ।

यो परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा कम्प्युटरमा आधारित रहेर सञ्चालन गरिने परिषद्ले स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *