काठमाडौँले परीक्षा दिने विद्यार्थीलाई आजैबाट खोप लगाउँदै, तोकियो पाँचवटा खोप केन्द्र

काठमाडौँ, २८ साउन । परीक्षा दिने तयारीमा रहेका करीब ६० हजार विद्यार्थीलाई कोभिडबिरुद्धको खोप उपलव्ध गराउने सरकारको निर्णय स्वास्थ्य कार्यालय काठमाडौँले आजैबाट कार्यान्वयनमा ल्याउने भएको छ । काठमाडौँले जिल्लामा तोकिएका पाँचवटा खोप केन्द्रमा आजैबाट परीक्षार्थीले खोप पाउने बताएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार परीक्षार्थीलाई खोप दिनका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पताल, महाराजगञ्जमा रहेको नेपाल प्रहरीको अस्पताल, मिनभवनस्थित सिभिल सर्भिस अस्पताल र सामाखुशीमा रहेको राधाश्वामी आइसोलेसन सेन्टरमा केन्द्र तोकिएका छन् ।

ती केन्द्रमा खोप लिन पुग्दा परीक्षा दिने प्रवेश पत्र र खोपका लागि भरिएको विद्युतीय दर्ता नम्बर लिएरु जानुपर्ने खड्काले बताए । तोकिएका केन्द्रमा विहान १० देखि ४ बजेसम्म पुगेर खोप लगाउन सक्ने समेत उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले विद्यार्थीका लागि अष्ट्राजेनेका खोप दिने तयारी गरेको छ ।

गत सोमबार पाँच विद्यार्थी संगठनले परीक्षा दिने तयारीमा रहेका करीब ६० हजार विद्यार्थीलाई खोप उपलव्ध गराउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण गराएको थियो ।

सोही अनुसार स्वास्थ्य स्वास्थ्य मन्त्रालयले बुधबार (हिजो) सचिव स्तरीय निर्णय गर्दै परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई खोप दिने भएको हो ।

मन्त्रालयको निर्णयपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ७७ वटै जिल्लालाई पत्र पठाउँदै परीक्षार्थीलाई खोप दिन निर्देशन समेत दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *