उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थप, बिहीबारदेखि राति ८ बजेपछि सवारी चलाउन नपाइने

508
Shares

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ आठ गतेसम्मका लागि थप गरिएको छ । निषेधाज्ञा थप गरिएसंगै बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।

मंगलबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसारअत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न दिइने छ । त्यस्तै निर्माण सामाग्रीहरुलाई साँझ ९ बजेदेखि विहान ५ बजेसम्म उपत्यकाभित्र चल्न छुट दिइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *