बूढीगण्डकी बाढी: प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण

0
Shares

काठमाडौँ, २५ असोज । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

हेर्नुहोस् गण्डकीको स्वास्थ्य मन्त्रालयबाट प्राप्त क्षतिको प्रारम्भिक विवरण:

चुमनुब्री गा.पा. ३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको ।

चुमनुब्री–३, सिर्दीबास बस्ने राम ब. गुरुङको १ वटा कच्ची घर बगाएको, १ वटा घरमा बाढी पसेको ।

धार्चे गा.पा.–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको ।

धार्चे – ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको ५/७ वटा घर, ५/७ वटा टहरामा बाढी पसेको ।

धार्चे –३, सल्लेरी स्थित २०/२२ घरहरु जोखिममा रहेको ।

आरुघाट गा.पा. २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको ।

चुमनुब्री गा.पा. ३, सल्लेरीस्थित निर्माणाधिन सहज ऊर्जा पावर हाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको ।

आरुघाट गा.पा. ९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको, बाटो पूर्णरुपमा अवरोध रहेको।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन मन्त्रालयले आवश्यक तयारी गरेको छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा रहेको मन्त्रालयले जनाएको  छ ।

मन्त्रालयले गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी) तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली (इएमटी) लाई तयारी अवस्थामा राखेको जनाएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *