सुदूरपश्चिम सरकारले ल्यायो बजेट: सेती प्रादेशिक अस्पताल सुधारका लागि साढे २५ करोड विनियोजन

40
Shares

 

काठमाडौँ, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारको बजेट आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रस्तुत गरेका हुन्।

जसमा प्रदेश सरकारले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

सुदूरपश्चिम  प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा तथा पूर्वाधार सुधार गर्ने उद्देश्यले सरकारले उक्त बजेट विनियोजन गरेको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *